गृहपृष्ठ शाकाहारीलाई लहसुन-प्याजको मूल्यवृद्धले असर गर्दैन : भारतीय अर्थमन्त्री

शाकाहारीलाई लहसुन-प्याजको मूल्यवृद्धले असर गर्दैन : भारतीय अर्थमन्त्री

sitaraman

भारतकी अर्थमन्त्री सीतारमणले बुधबार लोकसभामा आफूले प्याज र लसुन नखाने बताइन् । राकांपा सांसद सुप्रिया सुलेले सीतारमणलाई प्याज खाने/नखाने बारे सोधेकी थिइन् । यसैको प्रत्युत्तरमा अर्थमन्त्री सीतारमले भनिन्, ‘मेरो परिवारमा प्याज-लसुनको कुनै मतलव हुँदैन । मेरो शुद्ध शाकाहारी परिवार हो । जे भए पनि प्याजको मूल्यवृद्धिबारे विचार गरौंला ।’

सुप्रियाले लोकसभामा भनेकी थिइन्, ‘प्याजको उत्पादन अत्यन्त घटेको छ । हामी चामल र दूधसहित अन्य वस्तु ठूलै परिमाणमा निर्यात गर्छौं । प्याज उत्पादक किसान थोरै भए । उनीहरूलाई सरकारी सहयोगको आवश्यकता छ ।’ दैनिक भास्करका अनुसार त्यहीँ आम आदमी पार्टी (आप) कन सांसद संजय सिंहले बुधबार प्याजको मूल्यवृद्धिलाई लिएर राज्यसभामा कामकाज रोक्न प्रस्ताव गरेका थिए ।

अर्थमन्त्री सीतारमणले भनिन्, ‘म सन् २०१४ देखि केही यस्ता मन्त्रीहरूको समूहकी सदस्य हुँ, जसले प्याजको बजारमा भएको उतार-चढावमा ध्यान दिन्छ । कयौं पटक प्याजको उत्पादन कम भएको छ । हामीले प्याज आयातकर्तालाई पनि सहयोग गरेका छौं । हामीले निर्यातकर्ताका लागि पनि तत्कालै ५ देखि ७ प्रतिशतसम्म सहयोग गर्न तयार भएका थियौं ।’

प्याज उत्पादक देशका अर्थमन्त्रीले प्याजको मूल्यवृद्धलाई उपभोग घटाउन दिएको सुझाव नेपालका लागि पनि मननीय हुन्छ । नेपालमा पनि कतिपय यस्ता परिवार छन् जसलाई प्याजको मूल्य वृद्धिले कुनै असर गरेको छैन । पर्याप्त प्याज उत्पादन हुने देशको यो अवस्थाले हामीलाई पनि कि प्याजको उत्पादन बढाउँ कि उपभोग घटाउँ भन्ने गतिलो सन्देश दिएको छ ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु