गृहपृष्ठ फरार अभियुक्त कारागार चलान

फरार अभियुक्त कारागार चलान

विदेशी विनिमय मुद्रामा अदालतबाट दोषी सावित भई फरार रहेका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ तातोपानी निवासी ३२ वर्षीय गोम्दे तामाङलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले विसं २०७३ वैशाख २२ गते गरेको फैसलाले उनलाई एक महिना कैदसहित १ करोड ८६ लाख १४ हजार ९८९ जरिवाना तोकेको थियो ।

लामो समयसम्म फरार रहेका तामाङलाई लुकिछिपी बसेका अवस्थामा सोमबार प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । विदेशी विनिमय नियन्त्रण ऐनअन्तर्गत तोकिएको जरिवाना तिर्न नसकेपछि दोषी तामाङलाई थप पाँच वर्ष कैद सजाय तोकी आज कारागार चलान गरिएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले बताए । (रासस)

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु