गृहपृष्ठ आगलागीबाट ६३ लाख बराबरको क्षति

आगलागीबाट ६३ लाख बराबरको क्षति

सांकेतिक तस्बिर ।

खोटाङको खोटेहाङ गाउँपालिका– ७ स्थित खोटाङबजारमा स्थानीय मनिकलाल प्रधानको घरमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार बिहान साढे १ बजे विद्युत सर्ट भई आगलागी हुँदा मनिकलालको ३ तले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट सोही घरमा सञ्चालित पुस्तक पसल र मोबाइल पसलसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयको सहयोगमा करीब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट करिब ६३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु