गृहपृष्ठ पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड !

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड !

mushrraf

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई पेसावरको एक विशेष अदालतले राज्यद्रोहको आरोपमा  मृत्युदण्डको सजाय सुनाएको छ । पेसावर उच्च न्यायालयका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा रहेको विशेष अदालतको तीन सदस्यीय बेन्चले मंगलबार पूर्व सैन्य शासक परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय तोकेको हो ।

मुसर्रफ सन् २०१६ देखि युनाइटेड अरब इमिरेट्सको दुबइमा निर्वासित जीवन बिताइरहेका छन् । उनीमाथि सन् २००७ को नोभेम्बरमा संकटकाल लगाइ राज्यद्रोह गरेको भन्ने अभियोगमा सन् २०१३ को डिसेम्बरदेखि मुद्दा चलिरहेको थियो ।

राजद्रोहका मामिलमा सन् २०१४ मै उनीमाथि अभियोग प्रमाणित भएपछि मुशर्रफले सन् २०१६ को मार्चमा पाकिस्तान छाडेर  दुबईमा शरण लिएका थिए । मुसर्रफका सहयोगीका रूपमा पूर्व प्रधानमन्त्री शौकत अजीज, सर्वोच्च अदालतका पूर्वमुख्य न्यायाधीश अब्दुल हमीद डोगर र पूर्वकानुन मन्त्री जाहिद हामिदमाथि पनि राज्यद्रोहमा सामेल भएको अभियोग दर्ता छ ।

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु