गृहपृष्ठ टुँडिखेलमा सोनाम ल्होसारको उल्लास (फोटो फिचर)
टुँडिखेलमा सोनाम ल्होसारको उल्लास (फोटो फिचर)
माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ ।
नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै ल्होसार मनाएको छ । कार्यक्रममा तामाङ समूदायका बालबालिका, युवायुवती र वृद्धवृद्धासँगै अन्य समूदायका मानिहरुसमेत सहभागी भए ।







प्रकाशित समय १७:०८ बजे

















