गृहपृष्ठ इमानसिंह चेम्जोङको योगदान वृत्तचित्रमा
इमानसिंह चेम्जोङको योगदान वृत्तचित्रमा
लिम्बू भाषाका अध्येता इमानसिंह चेम्जोङको योगदानसम्बन्धी विषयवस्तु समेटेर तयार गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।
इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित विशेष वृत्तचित्र प्रदर्शनी समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले उक्त वृत्तचित्रको शुभारम्भ गरे ।
करिब ४५ मिनेट समयको उक्त वृत्तचित्रमा चेम्जोङको व्यक्तित्व, लिम्बू भाषा, संस्कृति र अनुसन्धानमा पुर्याएको योगदानको चर्चा गरिएको छ । चेम्जोङले लिम्बू भाषाका कतिपय कृतिलाई सरलीकृत गरेर देवनागरी उल्था गरेका थिए ।
सिक्किममा सन् १९०४ मा जन्मिएका चेम्जोङले किरात तथा लिम्बू भाषा, संस्कृति र लिपि संरक्षणका प्रवर्तकका रुपमा चिनिन्छन् । पत्रकार सन्छेलुङ पतङवाले उक्त वृत्तचित्रको निर्देशक गरेका हुन् ।
प्रकाशित समय १७:२५ बजे

















