गृहपृष्ठ लागुऔषधसहित ४ जना पक्राउ
लागुऔषधसहित ४ जना पक्राउ
उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रित लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
नियमित चेकजाँचको क्रममा लाहानबाट गाईघाटतर्फ जाँदै गरेको ना. ५ ख ८४७९ नम्बरको बसमा सवार त्रियुगा नगरपलिका- १६ का २२ वर्षीय सन्तोष परियार र मोरङ हसन्दहका २३ वर्षीय पुष्पराज तिम्सिना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ३४ ट्याब्लेट नाईट्रोजन ट्याब्लेट बरामद गरेको छ ।
त्यसैगरी लाहानबाट गाईघाटतर्फ जाँदै गरेको ना. १ ज ७३४३ नम्बरको बसमा सवार सप्तरीको खडक नगरपालिका- ५ का २२ वर्षीय सुन्दर मण्डल र १५ वर्षीय मोहम्मद फिरोजलाई १८७ थान ट्याब्लेट लागुऔषधसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरुउपर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ ।
प्रकाशित समय १३:४७ बजे

















