गृहपृष्ठ यी हुन् मन्त्रिपरिषदका १७ निर्णय

यी हुन् मन्त्रिपरिषदका १७ निर्णय

सरकारले सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आयोगको म्याद थप गर्न मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको जानकारी दिए । दुवै आयोगको म्याद चैत मसान्तसम्म मात्र थियो ।

२०७१ सालमा दुई वर्षका लागि गठन भएका दुई आयोगको म्याद दुई पटक गरेर ४ वर्षसम्म विस्तार भइसकेको छ । सरकारले केही समयअघि दुई आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।

यसका साथै मन्त्रिपरिषद बैठकले विभिन्न १७ निर्णय गरेको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु