गृहपृष्ठ ट्रकको ठक्करबाट घाइते, उपचारमा लैजाँदा टेम्पो दुर्घटना

ट्रकको ठक्करबाट घाइते, उपचारमा लैजाँदा टेम्पो दुर्घटना

accident_newskarobar

संखुवासभाको चैनपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट चैनपुर नगरपालिका- २ मयुम की ६० वर्षीया बाटुली सिम्खडाको मृत्यु भएको हो ।

बिहीबार बिहान चैनपुर- १, नुनढाकीबाट ईटहरी आउँदै गरेको को. १ ख ४२८२ नम्बरको ट्रक अनियन्त्रित भई बाटोमा घस्रिएर सिम्खडालाई ठक्कर दिएको थियो । घाइते भएकी उनलाई को. २ ह ५४१४ नम्बरको टेम्पोमा राखेर उपचारका लागि लैजाँदै गर्दा टेम्पोसमेत अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुईपटक दुर्घटनामा परी गम्भिर घाइते बनेकी सिम्खडालाई स्ट्रेचरमा राखेर उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक धरान- १७ का डम्बर विक र टेम्पो चालक चैनपुर-२, मयुमका गोविन्दप्रसाद कोइरालालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रकाशित समय १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु