गृहपृष्ठ अनाथ बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग

अनाथ बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग

सरस्वती पुजा अर्थात् श्रीपञ्चमीको अवसर पारेर एस.टी. क्रियशन म्यानेजमेन्ट प्रा.लिले असहाय बालबालिकाहरुलाई नगद तथा जिन्सी सामान प्रदान गरेको छ ।

एस.टी. क्रियशनमा आबद्ध सदस्यहरुले संयुक्त रुपमा अनाथ तथा असाहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाद्यन्न सामाग्रीसहित नगद सहयोग गरेका हुन् ।

पोखरा १५ टुटुंगामा अवस्थित सिर्जनशील बालबिकास बाल गृहमा आश्रित १५ जना बालबालिकाहरुको शैक्षिक क्षेत्रमा प्रगति होस भन्ने उद्देश्यले सहयोग कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक आशिष पुरीले जानकारी दिए ।

विगत ५ वर्षदेखि पोखरामा रहेर इभेण्ट अयोजना सँगै म्यानेजमेण्टलगायत उत्पे्ररणा, जनचेतनामूलक कार्यक्रम, खेलकुद र सामाजिक कार्यहरु उक्त संस्थाले गर्दै आइरहेको छ । यस संस्थाले हालसम्म थुप्रै सौन्दर्य प्रतियोगिताको आयोजनासमेत गरिसकेको छ ।

श्रीपञ्चमीको अवसरमा विभिन्न कार्यक्रममार्फत् उठेको रकमको ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री, लत्ता कपडा, खाद्यान्न सामाग्री प्रदान गरिएको छ ।

‘विगतमा म पनि अरुकै साहारामा हुर्केको हुँ, आफू सक्षम भएदेखि निरन्तर असाहाय बालबालिकाहरुको लागि सहयोग गर्दैआएको छु,’ उनले भने, ‘देशभरका बिभिन्न ठाउँबाट उक्त सिर्जनशील बालविकास बाल गृहमा आश्रय लिएको हुँदा असहाय बालबालिकाहरुले संस्थालाई सम्झनसमेत आग्रह गर्छु ।’

देश विदेशका मनकारीहरुलाई सहयोगले संस्थामा रहेका बालबालिकाहरुले आवश्यकता पूर्ति गर्न सहयोग पुगेको र थप सहयोगको अपेक्षा संस्थाले राखेको उनले बताए ।

सहयोग कार्यक्रममा एस.टी. क्रियशन म्यानेजमेन्ट प्रालिका निर्देशक ईनिशा दुरामगर, सदस्यहरु सन्तोष गुरुङ, सफल सुवेदी, सन्नी गुरुङ, कुबिर जिसी, सिम्रन क्षेत्री, सन्ध्या गुरुङ, विशाल तामाङ, राहुल सापकोटा, निशान सुनार, लुक गुरुङलगायतको सहभागिता थियो ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु