गृहपृष्ठ पूर्वसभामुख महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

पूर्वसभामुख महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

mahara-newskarobar

प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबर्जस्ती करणी उद्योग मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । आइतबार महराका कानुन व्यवसायीहरुले बहस गर्दैछन् ।

अदालतले पहिलो सुनुवाइ गर्दै महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । पाटनले पनि धरौटीमा रिहा गर्न अस्वीकार गर्दै एक महिनाभित्र फैसला गर्न जिल्ला अदालतको नाममा आदेश गरेको थियो ।

संसद सचिवालयमा कार्यरत एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा उनीविरुद्ध गत कात्तिक १४ गते काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु