गृहपृष्ठ मुस्ताङमा डेढ सय विद्यार्थीलाई न्यानो कपडा

मुस्ताङमा डेढ सय विद्यार्थीलाई न्यानो कपडा

उपल्लो मुस्ताङको घिलिङ र घामीका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ ।

नारायणी बोडिङ स्कुल चितवनका पूर्व विद्यार्थीहरुले उपल्लो मुस्ताङका विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरेका हुन् । एक कार्यक्रम गरि उपल्लो मुस्ताङका १६० जना विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री रोमी गौचन थकालीले मुस्ताङको विकासमा अहिलेका स–साना बालबालिकाहरूको योगदान भविष्यमा महत्वपूर्ण हुने बताए । उनले बालबालिकाहरुलाई राजनीतिप्रति चित्त नदुखाउन आग्रह पनि गरे ।

थकालीले राजनीतिमा अहिले भएको पुस्ताले के ग¥यो के गरने भन्ने आफ्नो ठाउमा भएको बताउदै नेपालमा राजनीतिक विकृतिका कारणले गर्दा समस्या भएको स्पष्ट पारे ।

नेता थकालीले राजनीतिमा मात्र नभइ समाजमा नै कमी कमजोरी भएको भन्दै त्यसलाई सुधार गरेर जान आवश्यक रहेको बताए । उनले जनता सधैँ दास जस्तो भएर गाउँको ठालुले जहा भोट हाल भन्यो त्यही भोट हाल्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

नेता थकालीले विद्यार्थीका लागि शिक्षकहरू नै भगवान रहेको भन्दै शिक्षकले सिकाएको कुराहरू आत्मसात बालबालिकालाई आग्रह गरे ।

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु