गृहपृष्ठ पूर्वसभामुख महराको मुद्दा ‘हेर्दाहेर्दैमा’
पूर्वसभामुख महराको मुद्दा ‘हेर्दाहेर्दैमा’
फैसला सोमबार मात्रै
पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको छ । बहस सकिए पनि मिसिलको अध्ययन गर्न आवश्यक हुने भएकाले सुनुवाइ हेर्दाहेर्दैमा राखिएको अदालतले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार मुद्दाको फैसला भोलि मात्रै हुने भएको छ । महरामाथिको मुद्दाको पेशी न्यायधीश अम्बरराज पौडेलेको इजलासमा छ ।
प्रतिनिधिसभाका सभामुख रहेकै बखत महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो । सोही अभियोगमा १९ असोजमा पक्राउ परेका महराविरुद्ध काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
सो आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतको आदेश सदर गरेपछि उनी डिल्लीबजार कारागारमा छन् ।
प्रकाशित समय १७:५८ बजे

















