गृहपृष्ठ छिमेकीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ
छिमेकीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ
छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा कमल गाउँपालिका- ५, पानडाँडा बस्ने २३ वर्षीय राजु विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी विकले छिमेकी २४ वर्षीय महेन्द्र दर्जीलाई छुरा प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, दमकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
एडभान्स अस्पताल हुन नसकेपछि घाइते दर्जीलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकत्त प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:०२ बजे

















