गृहपृष्ठ सेना दिवसको ‘रिहर्सल’ले उडान प्रभावित
सेना दिवसको ‘रिहर्सल’ले उडान प्रभावित
सेना दिवसको ‘रिहर्सल’का कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् । सोमबार दिउँसो जहाजहरू आकाशमै होल्ड भएका छन् ।
सेनाले ९ गते मनाउन लागेको सेना दिवस अर्थात शिवरात्रीको तयारीका लागि भन्दै नेपाली आकाश पूर्ण रुपमा बन्द गराइएको हो । काठमाडौंको आकाशमा सेनाले हेलिकोप्टर र जहाज उडाएर रिहर्सल गर्दैछ । रिहर्सलमा पुष्पवृष्टिदेखि प्याराजम्पसम्म गरिँदैछ ।
सेनाका लागि भन्दै विमानस्थल प्राधिकरणले २ घन्टा नोटाम जारी गरको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले सेनाको अभ्यासका कारण उडान प्रवाभित भएको बताए ।
‘मौसम खराब भएकाले पनि आज भिजिबिलिटी कम भएर समस्या भयो,’ कर्णले भने । उनले त्रिभुवन विमानस्थल स्रोत विमानस्थल भएकाले यहाँ समस्या हुनेबित्तिकै देशभरकै आन्तरिक उडान प्रभावित हुनु स्वभाविक भएको बताए ।
प्रकाशित समय १६:५४ बजे

















