गृहपृष्ठ गोली हानी फरार प्रतिवादी पक्राउ, एसएलआरको गोली र पेस्तोल बरामद
गोली हानी फरार प्रतिवादी पक्राउ, एसएलआरको गोली र पेस्तोल बरामद
कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका एक फरार प्रतिवादी गोली लोड भएको १ थान नलकटुवा पेस्तोल, एसएलआर राइफलको गोली ४ राउण्ड र गोलीको खोका ३ थानसहित पक्राउ परेका छन् ।
प्रहरीले मौलापुर नगरपालिका- ८, सोनरनियाका ४० वर्षीय कामेश्वर सिंह पटेल कुर्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले सो हतियारसमेत बरामद गरेको छ ।
फरार कुर्मी बारा हुँदै रौतहट प्रवेश गरेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली खटिएको थियो । सोही टोलीले चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सारबाट जङगल सहिया जाने बाटोमा कुर्मीलाई फेला पारेको थियो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा कुर्मीले कटुवा पेस्तोल ताकी प्रहरीलाई लक्षित गरी फायर गर्न खोजेपश्चात प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा कुर्मी घाइते भएका थिए । घाइते कुर्मीको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:५९ बजे

















