गृहपृष्ठ स्कुलको गेटमा बम विष्फोट गराएको अभियोगमा पक्राउ
स्कुलको गेटमा बम विष्फोट गराएको अभियोगमा पक्राउ
धरान उपमहानगरपालिका- १८ स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा गत भदौ २० गते बम विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले मोरङ केराबारी गाउँपालिका- ६ डाँगी बस्ने ३८ वर्षीय गोपाल बस्नेतलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई धरान उपमहानगरपालिका- ८ बरगाछी चोकबाट पक्राउ गरेको हो ।
उनको साथबाट मोबाइल ४ थान र डायरी ४ थानसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाका विषयमामा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय १४:३१ बजे

















