गृहपृष्ठ वुहानबाट ल्याइएका सबै स्वस्थ, कसैमा पनि कोरोना देखिएन : स्वास्थ्य मन्त्रालय
वुहानबाट ल्याइएका सबै स्वस्थ, कसैमा पनि कोरोना देखिएन : स्वास्थ्य मन्त्रालय
अहिलेसम्म नेपालमा २१० जनाको कोरोना संक्रमण परीक्षण
खरिपाटी क्वारेन्टाइनमा रहेका सबै जना स्वस्थ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार चीनको वुहानबाट उद्धार गरी ल्याएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको हो ।
क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीको र्याल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ । उनीहरुकाे नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार अहिलेसम्म नेपालमा २१० जनाको कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । उनीहरु मध्ये एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो तर उनी पनि अहिले स्वस्थ भइसकेका छन् ।
वुहानबाट उद्दार गरेर आइतबार बिहान काठमाडौं ल्याइएका १७५ नेपालीलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थि क्वारेन्टाइनमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयको विज्ञप्ति :

प्रकाशित समय १४:५३ बजे

















