गृहपृष्ठ अधिकांश स्थानीय तहका वेबसाइटमा समस्या

अधिकांश स्थानीय तहका वेबसाइटमा समस्या

देशभरका अधिकांश स्थानीय तहका वेबसाइटमा समस्या देखिएको छ । बिहीबार बिहानदेखि स्थानीय तहका वेबसाइटमा समस्या देखिएको हो ।

काठमाडौं, ललितपुर महानगरपालिकालगायत देशभरका कुनै पनि स्थानीय तहका वेबसाइट अवरूद्ध छन् । वेबसाइट नखुलेको विषयमा अधिकांश स्थानीय तह बेखर छन् । झापाको कनकाइ नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले पनि वेबसाइट किन खुलेन बुझ्नुपर्ने बताए । त्यस्तै काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पनि साइट नखुलेको विषयमा अनविज्ञता प्रकट गरे । त्यस्तै, वीरगन्ज विराटनगरलगायत महानगरपालिकाका वेबसाइट पनि खुलेका छैनन् ।

भक्तपुर नगरपालिकाको वेबसाइट ।

वेबसाइट निर्माणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहजीकरणमात्र गरेकाले वेबसाइट नखुल्नुको कारण भने थाहा नभएको मन्त्रालयका सूचना अधिकारी जीवलाल भुसालले जानकारी दिए । ‘हामीले सहजीकरणमात्र गरेका हौं, किन खुलेन थाहा हुन सकेन, यद्यपि म बुझ्छु,’ उनले भने ।

कर्णाली प्रदेशको कालिकोट जिल्लामा पर्ने पताला, शुभकालिका गाउँपालिका लगायतका वेबसाइट भने खुलेका छन् ।

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु