गृहपृष्ठ स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार हेर्दिनँ : प्रधानमन्त्री

स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार हेर्दिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीद्वारा लिखित पुस्तक ‘आर्थिक समृद्धि’को लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले कसैलाई पनि विभेद नगर्ने बताए ।

सुशासनका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएकोसमेत उनले बताए । ‘सुशासन र सिस्टमका लागि लडेको छु । सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ उनले भने ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र एउटा स्विस कम्पनीका एजेन्टबीच ७० करोड रूपैयाँ कमिसनबारे कुराकानी भएको अडियो टेप सार्वजनिक भएपछि प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु