गृहपृष्ठ बाँस्कोटाले भने‑ नैतिकताका आधारमा राजीनामा दिएँ, धन्यवाद

बाँस्कोटाले भने‑ नैतिकताका आधारमा राजीनामा दिएँ, धन्यवाद

gokul baskota फाइल तस्बिर ।

कमिसन काण्डमा जोडिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । ट्विटरमा उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’

सेक्युरिटी प्रेस ठेक्का दिने विषयमा स्विस कम्पनीको नेपाली एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । बाँस्कोटाको ट्विटरमा पनि पूर्वमन्त्री लेखेर सच्याइएको छ ।

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु