गृहपृष्ठ सीपी मैनाली सवार कार दुर्घटना नियोजित !

सीपी मैनाली सवार कार दुर्घटना नियोजित !

mainali accident_bigyapti

पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको नेपाल कम्युनिस्ट पार्टी (माले)ले  दाबी गरेको छ । मालेले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटना अस्वभाविक र नियोजित भएको दाबी गरेको हो ।

मैनालीसहित परिवारका सदस्य सवार कार झापाबाट काठमाडौं आउँदै गर्दा बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदीनजिक विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएको थियो ।

‘यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ,’ मालेका प्रवक्ता कुमार बेलबासेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको अन्तर्निहित दुर्नियत योजनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गर्दछाैं ।’

घाइतेहरूको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सीपी अहिले खतरामुक्त छन् ।

मालेद्वारा जारी विज्ञप्ति :

 

प्रकाशित समय ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु