गृहपृष्ठ घुस रकमसहित वडासचिव पक्राउ
घुस रकमसहित वडासचिव पक्राउ
धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव सुशील ठाकुर २० हजार घुस रकमसहित पक्राउ परेको छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले घुस रकम लिँदै गर्दा ठाकुरलाई पक्राउ गरेको हो ।
सेवाग्राहीसँग जन्म प्रमाणित गराउन २० हजार रुपैयाँ घुस माग गरेपछि गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले सचिव ठाकुरलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
सचिव ठाकुरलाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको छ ।
प्रकाशित समय १६:१० बजे

















