गृहपृष्ठ पूर्वमन्त्री बाँस्कोटाले हाले मिश्रविरूद्ध ‘गाली बेइज्जती’ मुद्दा
पूर्वमन्त्री बाँस्कोटाले हाले मिश्रविरूद्ध ‘गाली बेइज्जती’ मुद्दा
फाइल तस्बिर ।
निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले विजयप्रकाश मिश्रविरूद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै बाँस्कोटाले जिल्ला अदालत काठमाडौं मुद्दा हालेका हुन् ।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध शुक्रबार उजुरी दिएका छन् ।
अदालतमा उजुरी दर्ता भएपछि बाँस्कोटाले फेसबुक र ट्वीटरमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालीबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’
म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 28, 2020
प्रकाशित समय १५:४३ बजे

















