गृहपृष्ठ कोरोनाबाट सचेतभन्दा पनि सन्त्रास फैलियो : गगन थापा

कोरोनाबाट सचेतभन्दा पनि सन्त्रास फैलियो : गगन थापा

gagan-thapa-newskarobar

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपालमा कोरोनाबाट सचेत गराउनेभन्दा पनि सन्त्रास फैलाउने काम भएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा धारण राख्ने क्रममा सांसद थापाले भने, ‘अहिले सचेत गराउनेभन्दा पनि सन्त्रास फैलाउने काम भएको छ, कुनै एउटा निकायबाट वास्तविक सूचना बाहिर पठाउने संयन्त्र सरकारले बनाउनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा एउटा प्ल्याटफर्मबाट कोरोनासम्बन्धी कुरा बाहिर आउनुपर्ने उनले बताए । ‘अहिले प्यारा सिटामलको इन्जेक्सनबाहेक कुनै पनि औषधि भारतबाट आयात गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘भारतले पनि बाहिरबाट ल्याउने हो, सरकारले यसको प्रबन्ध मिलाउने हो भने हामी औषधि आएन भनेर आत्तिनै पर्दैन ।’

कोरोनाकै कारण पार्टी प्यालेसदेखि साना साना इन्टरप्राइजेजसम्म प्रभावित भएको भन्दै उनले कोरोनाविरुद्धको विशेष अवस्थामा यसले कुनै पनि अर्थ नराख्ने बताए । ‘सरकारले यसमा विशेष ध्यान दिनैपर्छ,’ उनले भने, ‘सरकारले विशेष योजना बनाएर कोरोनाविरुद्ध तयारी बढाउनैपर्छ ।’ नेपालसँग दैनिक १६‑१७ सय जनाको परीक्षण गर्न सक्ने क्षमता रहे पनि सरकारले त्यो तहको तयारी गर्न नसकेको उनको भनाइ छ ।

प्रकाशित समय १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु