गृहपृष्ठ ‘मास्क र औषधि लुकाउनेलाई जेल हाल्नुस्’
‘मास्क र औषधि लुकाउनेलाई जेल हाल्नुस्’
सांसदहरूले कोरोनाबाट मुलुकभर संत्रास छाइरहेका बेला मास्क र औषधि लुकाउनेलाई जेल हाल्न माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै सांसद दिव्यमणिराज भण्डारीले मास्क र औषधि लुकाउनेलाई जरिवानाले मात्र नपुग्ने, जेल नै हाल्नुपर्ने बताएका हुन् ।
सांसद गगन थापाले मास्क र औषधि लुकाउनेलाई २ लाख जरिवाना गर्नुपर्ने कुरामा समर्थन गर्दै उनले भने, ‘म मान्य गगन थापाका कुरामा समर्थन गर्छु तर २ लाख जरिवानाले पुग्दैन, मास्क र औषधि लुकाउनेलाई जेल नै हाल्नुपर्छ ।’
प्रकाशित समय १२:१३ बजे

















