गृहपृष्ठ १ वर्षीय बालकको कुटपीट गरी हत्या
१ वर्षीय बालकको कुटपीट गरी हत्या
सांकेतिक तस्बिर ।
कैलालीको चुरे गाउँपालिका- ४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपीट गरी हत्या गरेका छन् ।
आमा जंगलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
कुटपीटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डीएसपी बस्नेतले बताए । भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय १२:५४ बजे

















