गृहपृष्ठ अस्ट्रेलियामा एक नेपाली विद्यार्थीमा देखियो कोरोनाको संक्रमण
अस्ट्रेलियामा एक नेपाली विद्यार्थीमा देखियो कोरोनाको संक्रमण
अध्ययनका लागि अष्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उनी फेब्रुअरी २६ मा नेपालबाट अष्ट्रेलिया पुगेका थिए ।
अस्ट्रेलियाको मिडिया सेभेनन्यूजका अनुसार तस्मानिया बसोबास गर्ने नेपाली नागरिकलाई कोरोनाको संक्रमण भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
संक्रमण भएका सो विद्यार्थी सिंगापुर र सिड्नी ट्रान्जिट भएर तस्मानिया पुगेका थिए । शुक्रबार रोयल होबर्ट अस्पतालमा परीक्षण गरिएको थियो ।
आइसोलेसनमा बस्न अस्वीकार गरेका उनको शनिबार प्राप्त रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रकाशित समय १३:०७ बजे

















