गृहपृष्ठ पत्रकार साहको हत्याका आरोपी १२ वर्षपछि पक्राउ

पत्रकार साहको हत्याका आरोपी १२ वर्षपछि पक्राउ

arrest_पक्राउ_news karobar

पत्रकार विरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फरार रहेका फौजदार घटनाको १२ वर्षपछि पक्राउ परेका हुन् । फौजदारलाई बाराको बारागढी गाँउपालिका- ६, गडहलगाँउस्थित आफ्नै घरमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।

पत्रकार साहको २०६४ साल कार्तिक १८ गते बाराको ढोडिया पिपरागाँउबाट अपहरण गरिएको थियो । अपहरण भएको एक महिनापछि पत्रकार साहको शव फेला भएको थियो । बाराको पिपरा गाँउबाट करिब ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो ।

साहसँगै मोटरसाइकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपीट गरी मोटरसाइकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छाडेका थिए ।

साहको हत्यामा संलग्न रहेको आरोपमा तत्कालीन नेकपा माओवादी कार्यकर्ता हरेराम पटेललगायत दुुई जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

स्वर्गीय पत्रकार विरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्वाददाताको रुपमा कार्यरत थिए ।

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु