गृहपृष्ठ पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट
पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट
पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको छ ।बुधबार बिहान भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका- १ मा बाँस्कोटाको निर्माणाधीन घरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।
घरनजिकै विस्फोट भएको हुँदा बाँस्कोटाको घरको पर्खाल र सिसामा क्षति पुगेको र छिमेकीको घरमा पनि केही क्षति भएको प्रहरीले जनाएको छ । विस्फोट कसले र किन गरायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वमन्त्री बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ खरिदको कमिशन काण्डमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
प्रकाशित समय ०८:५९ बजे

















