गृहपृष्ठ मोटरसाइकलको डिकीभित्र गाँजा, २० वर्षीया युवती पक्राउ
मोटरसाइकलको डिकीभित्र गाँजा, २० वर्षीया युवती पक्राउ
चाँगुनारायण नगरपालिका- ६, नगरकोट बसपार्कबाट १.५ किलोग्राम अवैध लागूऔषध गाँजासहित सुर्खेत घर भई हाल काठमाडौं सिनामंगल बस्ने २० वर्षीया जेनिशा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नगरकोटबाट खटिएको प्रहरीले ना. २८ प २५३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो ।
मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:२५ बजे

















