गृहपृष्ठ मदिरा सेवनले मृत्यु हुनेको संख्या ११ पुग्यो, २ जना पक्राउ

मदिरा सेवनले मृत्यु हुनेको संख्या ११ पुग्यो, २ जना पक्राउ

death-newskarobar सांकेति तस्बिर ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- २ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म थप छ जनाले ज्यान गुमाएका हुन् ।

होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाट नै भएको आशंका गरिएको छ ।

मृत्यु हुनेमा २९ बर्षीय ब्रह्मदेव यादव, ४० बर्षीय विला मण्डल, ६५ बर्षीय गदर मण्डल, ३५ बर्षीय राजु महरा रामनारायण महरा, शत्रुघन मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए । अन्य चारजना रम्दैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए ।

अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही सुरु गरिएको जनाइएको छ । अहिले पुरै गाउँ शोकमा डुबेको छ । आर्थिक रुपले विपन्न परिवारका व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित समय १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु