गृहपृष्ठ सार्क भिडियो कन्फरेन्स साँझ सवा ५ बजे
सार्क भिडियो कन्फरेन्स साँझ सवा ५ बजे
कोभिड- १ को संक्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ । उक्त कन्फरेन्स साँझ सवा ५ बजे हुने जनाइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड- १९ को संक्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते ट्वीट गरेका थिए । सोको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी हुनेछन् ।
सोका लागि मिर्गाैला प्रत्यारोपणपछि आज पहिलोपटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रकाशित समय १४:५५ बजे

















