गृहपृष्ठ प्रदेश प्रमुखसँग प्रचण्डको सामूहिक भेट : डा. भट्टराईले भने- जो अगुवा उही . .

प्रदेश प्रमुखसँग प्रचण्डको सामूहिक भेट : डा. भट्टराईले भने- जो अगुवा उही . .

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले सामूहिक भेट गरेका छन् । सो अवसरमा प्रदेश प्रमुख कार्यालयमा भइरहेको समस्यालगायत विविध विषयमा समेत कुराकानी भएको थियो ।

प्रचण्डले समस्याबारे पार्टी र सरकारमा छलफल गरेर समाधानको प्रयत्न गर्ने आश्वासन दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सो भेटवार्ताप्रति पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले आपत्ति जनाएका छन् । प्रदेश प्रमुख पार्टी प्रतिनिधि नभएको भन्दै पार्टी अध्यक्षलाई सामूहिक रुपमा भेट्नु आपत्तिजनक भएको उनको तर्क छ ।

‘प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन्,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘ राज्यका प्रतिनिधि हुन्। उनीहरूले राज्य र सरकार प्रमुखलाई भेट्ने हो, पार्टी प्रमुखलाई हैन। कुनै एकको निजी भेटघाट हुनसक्छ, सातै जनाको एकैसाथ निजी भेट हुन सक्दैन। पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन। जो अगुवा उही . . . नहोस् ।’

प्रकाशित समय १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु