गृहपृष्ठ एसओएस विद्यालयलाई फुटबल सामग्री सहयोग

एसओएस विद्यालयलाई फुटबल सामग्री सहयोग

भ्याली स्पोर्टस क्लब, रामबजारले एसओएस हरमन माईनर विद्यालयलाई फुटबल सामग्री हस्तान्तरण गरेको छ । ब्रिटिस आर्मीमा कार्यरत रहँदा निधन भएका स्व. अमन गुरूङको सम्झनामा फुटबल सामग्री हस्तान्तरण गरिएको हो । स्व. गुरूङले सोही विद्यालयमा अध्ययन गरेका थिए ।

विद्यालयलाई फुटबल ४, मार्कर १०, कोन १० र ब्रिफ २० थानलगायत फुटबल प्रशिक्षणका सामग्रीहरु आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । सो सामग्री क्लबका पदाधिकारीहरुले एसओएस बालग्रामका निर्देशक भगतकुमार श्रेष्ठ र फुटबल प्रशिक्षक दिपक नेपालीलाई हस्तान्तरण गरे ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु