गृहपृष्ठ मुक्तिनाथ बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निशुल्क

मुक्तिनाथ बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निशुल्क

muktinath-newskarobar

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा अब हितग्राही खाता (डिम्याट खाता) पनि निशुल्क खोल्न पाइने भएको छ । निक्षेपकर्ताहरुको विभिन्न वित्तीय आवश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन भन्दै बैंकले सो सुविधा ल्याएको हो ।

बचत खाताहरुमा नवीनतम सुविधाहरु प्रदान गर्दै जाने योजनाअनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

देशभर सञ्चालनमा रहेका बैंकका अनुसार कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वयं उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टाभित्र हितग्राही खाता उपलब्ध गराइनेछ । भौतिक सेयर प्रमाणपत्रलाई अभौतीकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतीकरण गर्नसमेत सकिने छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु