गृहपृष्ठ नेपाल कोरोनाविरुद्ध तयार छ : सरकार
नेपाल कोरोनाविरुद्ध तयार छ : सरकार
‘वित्तीय प्रणालीमा तरलताको स्थिति सहज’
नोवेल कोरोनभाइरसको विश्वव्यापी प्रभावबाट बच्न सरकारले सबै तयारी गरिरहेको सरकारले बताएको छ । सरकारको विशेष पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा. युवराज खतिवडाले सरकारले छिमेकी राष्ट्रसमेतको सहयोगमा सबै तयारी गरिरहेको बताएका हुन् ।
‘कोरोनाबाट नेपालमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो, पर्यटनमा पनि होटल र उड्डयन क्षेत्र हो,’ उनले भने, ‘कोरोना विश्वव्यापी रुपमा मुक्ति पाएसँगै यो क्षेत्रको सहयोगका लागि सरकार तयार छ ।’ कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतमात्र भएकाले नेपाल यसबाट आर्थिक क्षेत्रमा त्यही अनुपातमा मात्र असर पर्ने हुँदा आत्तिहाल्नु नपर्ने उनको भनाइ छ ।
प्रवक्ता खतिवडाले बेरोजगार युवाशक्तिलाई श्रम मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचित भई रोजगारीका अवसर प्राप्त गर्न पनि आग्रह गरेका छन् । वित्तीय प्रणालीमा तरलताको स्थिति सहज रहेको उनले दाबी गरे । मूल्यवृद्धि थप बढ्न नदिन आपूर्ति व्यवस्थापनलाई सहज बनाउन सरकार सजग रहेको उनले बताए ।
प्रकाशित समय १६:२९ बजे

















