गृहपृष्ठ रावलमाथिको अनुसन्धान सम्पन्न, सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइयो
रावलमाथिको अनुसन्धान सम्पन्न, सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइयो
प्रदेश सांसद रावल ।
प्रहरीले सत्तारुढ दल नेकपाका सचेतक एवं सुदूरपश्चिमका प्रदेश सभा सदस्य अक्कल रावलमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ । १६ दिन हिरासतमा राखेर प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले रावलविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको बताए । अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ । मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि सरकारी वकिलको कार्यालयलाई छ ।
जिल्ला न्यायाधिवक्ता विष्णु पौडेलले आइतबार मात्रै अदालत जाने बताए । अनुसन्धान प्रतिवेदनमा रावलमाथि जबर्जस्ती करणी उद्योगमा कैद तथा जरिवाना माग गरिएको छ । रावलले माघ २१ गते धनगढी उपमहानगरपालिका ४ की एक विवाहित महिलाको कोठामा गएर जबर्जस्ती बलात्कार प्रयास गरेको जाहेरी प्रहरीमा परेको थियो । रावल २१ गते प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।
प्रकाशित समय २०:३९ बजे

















