गृहपृष्ठ पश्चिमी नाका गड्डाचौकीबाट भारतीय गाडी प्रवेशमा रोक

पश्चिमी नाका गड्डाचौकीबाट भारतीय गाडी प्रवेशमा रोक

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतीय नम्बर प्लेटका गाडीहरू नेपाल प्रवेशमा रोक लगाइएको छ । विश्वभर फैलिएको नोबेल करोनाभाइरस संक्रमणको सम्भावना रहने भन्दै भारतबाट नेपाल आउने भारतीय गाडीमा रोक लगाइएको हो ।

पश्चिमी नाका गड्डाचौकीमा बिहान, दिउँसो र साँझ भारतबाट नेपाल फर्किनेहरूको भीड लाग्ने गरेको छ । समूह बनाएर भारतीय पनि नेपाल आवतजावत गर्ने गरेका थिए । सीमामा यातायात बन्द गरेपछि आवतजावत नै ठप्प भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।

उनका अनुसार कोरोना भाइरस संक्रमण रोक्नका लागि सवारीसाधन आवागमनमा समेत रोक लगाइएको हो । साना रिक्सा अटो टाँगा समेतलाई रोक लगाउँदा यात्रुलाई समस्या परेको छ । घर फर्किरहेकाहरूलाई गड्डाचौकीलगायत अन्य नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचपछि मात्रै नेपाल भित्रिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु