गृहपृष्ठ कैलालीमा विस्फोट, १ जनाको मृत्यु

कैलालीमा विस्फोट, १ जनाको मृत्यु

bomb-bisfot सांकेतिक तस्बिर ।

कैलालीको गोदावरीमा विस्फोटक पदार्थ पड्किँदा १ जनाको ज्यान गएको छ । गोदावरी नगरपालिका- ४, फुलबस्तीमा भएको विस्फोटमा स्थानीय ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।

विकले घरनजिकै भेटेको फलामजस्तो वस्तुलाई चलाउँन खोज्दा पड्किएर उनको मृत्यु भएको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञानबहादुर विष्टले विकको मृत्यु भएको पुष्टि गर्दै घटनाको बारेमा थप जानकारीका लागि प्रहरी परिचालन गरेको बताए ।

उनले प्रहरी घटनास्थलमा पुगेपछि थप विवरण आउने बताए ।

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु