गृहपृष्ठ कोभिड १९ : वनका भवनलाई निगरानी कक्ष प्रयोग गर्न सकिने

कोभिड १९ : वनका भवनलाई निगरानी कक्ष प्रयोग गर्न सकिने

फाइल तस्बिर

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासंघले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ ।

महासघका अध्यक्ष भारती पाठकले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा २२ हजार २६६ महासंघसँग आवद्ध रहेका एक हजार ३९८ भवनलाई सो कक्षका रुपमा प्रयोग गर्न सक्ने जनाइएको छ ।

महासङ्घको प्रदेश नम्बर १ मा १२४, प्रदेश नम्बर २ मा ५५, वाग्मती प्रदेशमा २६८ गण्डकी प्रदेशमा २१६, प्रदेश नम्बर ५ मा ३११, कर्णाली प्रदेशमा ८४, सुदूरपश्चिम प्रदेशमा ३४० भवन रहेको  छ ।

प्रकाशित समय ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु