गृहपृष्ठ सांसद गुरुङद्वारा मास्क वितरण
सांसद गुरुङद्वारा मास्क वितरण
गण्डकी प्रदेश सांसद एवं हङकङ ब्युटी इन्स्टिच्यूट प्रालि (क्लारा इन्टरनेश्नल स्पाः एवं ब्युटी कलेज)का सञ्चालक मीना गुरुङले मास्क वितरण गरेकी छन् । बजारमा मास्क अभाव र कालाबजारी भएको अवस्थामा यसलाई आफूले सामाजिक उत्तरदायित्व सम्झेको सांसद गुरुङले बताइन् ।
उनले कपडाको मास्क पोखराको महेन्द्रपुल क्षेत्रमा रहेका बटुवाहरुलाई वितरण गर्दै कोरोना भाइरसबाट बच्न र बचाउन सेनिटाइजर र साबुनपानीले हात धुन र मास्क नियमित रुपमा लगाउन सुझाव दिइन् । केही दिनअघि पनि पोखरामा उनले मास्क वितरण गरेकी थिइन् ।

‘अहिले विश्वमा परेको यो विषम परिस्थितिमा सकेसम्म आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्ध सचेत, सजग र पूर्वसतर्कता अपनाउनु पर्छ । हामीले सकेसम्म आफ्नो क्षेत्रबाट जेजति सकिन्छ, त्यो गर्नुपर्छ,’ उनले भनिन् । 
प्रकाशित समय १५:५८ बजे

















