गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ९२३ पुग्याे, ३ लाख ४३ हजारभन्दा बढी संक्रमित
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ९२३ पुग्याे, ३ लाख ४३ हजारभन्दा बढी संक्रमित
चीनबाट विश्वभर माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख २६ हजार ३१२ व्यक्ति हाल संक्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य संक्रठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट सुरु भएको यस कोरोना भाइरस संक्रमणबाट चीनभरी तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ९३ जना संक्रमित रहेका छन् ।
हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगबाट पाँच हजार ४७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार १३८ जना संक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार सात हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको संक्रमणको कारण एक हजार ६८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६८५ जना संक्रमित रहेका छन् । सात हजार ९१३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७६८ जना संक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी कोरोना भाइरसको संक्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना संक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण ४५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना संक्रमित भने १७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस संक्रमणको कारण ६७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना संक्रमित रहेका छन् । एक हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १११ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ९६१ संक्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार १६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । सात हजार ७२४ संक्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमणको कारण २८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६८३ संक्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २०४ संक्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ६१९ संक्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४०१ संक्रमित भएका छन् । यसैबीच ३४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा संक्रमण देखिएको र एकको मृत्यु भएको छ ।
प्रकाशित समय १६:१८ बजे

















