गृहपृष्ठ कास्की कारगारमा कैदीबन्दीलाई भेट्न बन्द
कास्की कारगारमा कैदीबन्दीलाई भेट्न बन्द
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कास्की कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । सम्भावित कोरोना संक्रमणबाट बच्न कैदीबन्दी र आफन्तबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानकारी दिए ।
कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि भेटघाट बन्द गर्ने निर्णय भएको हो । आवश्यकताअनुसार कानुन व्यवसायीका साथै कुनै अत्यावश्यक भोटघाट भने हुनेछ । कोरोनाका कारण कैदीबीच त्रास बढेकाले सचेतना कक्षा पनि सञ्चालन गरिरहेको प्रमुख गौतमले जनाए ।
कारागारभित्रै दैनिक मास्क पनि उत्पादन भइरहेको छ । कोरोना संक्रमण भइहाल्यो भन्नेबारे पूर्वतयारी र पूर्व सजगताकै लागि कारागारभित्र मास्क उत्पादन गर्न सुरु गरिएको गौतमले बताए । कारागारले हालसम्म २ हजार ५०० सयभन्दा बढी मास्क तयार पारिसकेको छ । कारागारले स्याङ्जा, तनहुँसहित जिल्लाका कारागार पनि मास्क वितरण गरेको छ । कुल २४० जनाको क्षमता रहेको कास्की कारागारमा हाल ८८० जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले कारोनाको जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका औपचारिक कार्यक्रम, भेला महोत्सव नगर्नु र बेलैमा सचेत हुन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रकाशित समय १०:०१ बजे



