गृहपृष्ठ भारतबाट आउँदै गरेका करिब पाँच सय नेपाली गौरीफन्टामा रोकिए

भारतबाट आउँदै गरेका करिब पाँच सय नेपाली गौरीफन्टामा रोकिए

भारतमा कोरोनाको त्रास बढेपछि फर्किएका नेपाली । अहिले भोकले मर्ने अवस्था आएपछि उनीहरू फेरि भारत जाँदैछन् । फाइल तस्बिर

भारतबाट घर फर्किंदै गरेका करिब पाँच सय नेपाली कैलालीको गौरीफन्टामा रोकिएका छन् । सरकारले लकडाउन गरेपछि उनीहरू नेपाल प्रवेश गर्न नपाएका हुन् ।

भारतमा कोरोनाको त्रास बढेपछि उनीहरू नेपाल फर्किंदै थिए । स्वदेश फर्किंदै गरेका आफ्ना नागरिकलाई कसरी सुरक्षित तवरले सरकारी क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राख्ने भन्नेमा अन्योल हुँदा फर्किने नागरिकले सास्ती पाइरहेका छन् ।

सोमबार पूर्वीनाका काँकरभिट्टा हुँदै फर्किएका नेपालीलाई तापक्रम परीक्षणपछि प्रवेश अनुमति दिइएको थियो ।

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु