गृहपृष्ठ राइफलसहित पक्राउ
राइफलसहित पक्राउ
टोखा नगरपालिका- ११, भण्डारी टोल बस्ने स्याङ्जा मालुङ्गा गाउँपालिका- ६ राम्दीघाट घर भएका ५४ वर्षीय सूर्य ज्वारचनलाई बाह्र बोरको दुईनाले बन्दुक १ थान र सर्ट राईफल १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेशअनुसार महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धानमा खटिएको प्रहरीले ज्वारचनको कोठामा तलासी गर्दा उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ ज्वारचनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको महानगरीय प्रहरी वृत महाराजगञ्जले जनाएको छ ।
प्रकाशित समय १२:०३ बजे

















