गृहपृष्ठ गण्डकी प्रदेशमा ‘उल्कापिण्ड’ खसेको एष्ट्रोनोमिकल सोसाइटीको अनुमान

गण्डकी प्रदेशमा ‘उल्कापिण्ड’ खसेको एष्ट्रोनोमिकल सोसाइटीको अनुमान

फाइल तस्बिर ।

बिहीबार साँझ नेपाली आकाशमा देखिएको वस्तु उल्कापिण्ड भएको हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले अनुमान लगाएको छ ।

बिहीबार सोसाइटीले एक विज्ञप्ति जारी गर्दै नेपाली आकाशको विभिन्न ठाउँमा देखिएको भनिएको केही चम्किलो वस्तुसँगै आएको आवाजको आधारमा उल्कापिण्ड भएको र गण्डकी प्रदेशमा खसेको हुन सक्ने अनुमान गरिएको जनाइएको छ ।

एष्ट्रोनोमिकल सोसाइटीका अनुसार चम्किलो वस्तु देखिएको र आवाज आएको वस्तु खसेको ठाउँमा केही क्षति पनि भएको हुन सक्ने भन्दै आफूहरुलाई जानकारी गराउन सोसाइटीले आग्रह गरेको छ ।

अध्यक्ष सुरेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त वस्तु उल्कापिण्ड भए जहाँ खसेको हो त्यो ठाउँमा क्षति हुन्छ नै सधैं धेरै जनाले आवाज सुनेको विवरण हामीलाई पठाउनु भएकोले सबैभन्दा ठूलो आवाज सुनिएको ठाउँतिर नै खसेको हुने हुनाले जानकारीका लागि अनुरोध गर्दछौं ।’

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु