गृहपृष्ठ सुदूरपश्चिमका तीन स्थानमा कोरोना परीक्षण ल्याब स्थापना हुने

सुदूरपश्चिमका तीन स्थानमा कोरोना परीक्षण ल्याब स्थापना हुने

४० करोड रूपैयाँको कोष स्थापना

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालसहित तीन स्थानमा ल्याब स्थापना गर्ने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बैतडी र डोटीमा समेत ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जानकारी दिए । मन्त्री शाहका अनुसार सेती अस्पतालसँगै बाँकी दुई जिल्लामा पनि ल्याब स्थापना कार्य अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको रोकथामका लागि ४० करोड रुपैयाँको कोरोना भाइरस जोखिम नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । सो कोषमा अन्य संघसंस्था र व्यक्तिले समेत राहत रकम जम्मा गर्न सक्नेछन् ।

लकडाउनका कारण ज्यालामजदुरी गुमेका मजदुर तथा गरिबीको रेखामुनि रहेकाहरुका लागि सुदूरपश्चिम सरकारले राहत प्याकेज ल्याउने निर्णय गरेको छ । ‘प्रदेश सरकारले उपलब्ध गराउने राहत प्याकेज आर्थिक मामिला तथा योजना मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको छ,’ मन्त्री शाहले भने, ‘अर्थ मन्त्रालयले स्थानीय तह र संघीय सरकारसँग समन्वय गर्नेछ ।’

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु