गृहपृष्ठ कोभिड १९ बारे अफवाह र तथ्यहरु

कोभिड १९ बारे अफवाह र तथ्यहरु

अफवाहहरु

० कोरोनाभाइरस  २३ वा  २४ डिग्री तापक्रममा मर्छ ।

० भाइरस हावामा नभई जमिनमा हुन्छ, त्यसैले यो हावाबाट सर्दैन ।

० भाइरस कपडामा खस्दा ९ घण्टासम्म रहन्छ, त्यसैले लुगा धोएर २ घण्टासम्म घाममा सुकाउदा भाइरस मर्छ ।

० भाइरस पैसा र बैंक कार्ड (डेबिट र क्रेडिट कार्ड) को माध्यमबाट फैलिन सक्छ ।

० कोरोनाभाइरस मास्क आवश्यक छैन र आफ्ना हात साबुन र पानीले धुनु मात्र पर्याप्त छ ।

 

अध्ययनहरुले देखाएअनुसार कोभिड १९ गर्मी वा जाडो र आद्रता वा सुक्खा तापक्रम भएका सबै ठाँउहरुमा फैलिसकेको छ । जलवायु जस्तोसुकै भए पनि, यदि तपाईं कोभिड १९ रिपोर्ट भएको क्षेत्रमा बस्नुहुन्छ वा भ्रमण गर्नुभएको छ भने सुरक्षाका उपायहरू अपनाउनुहोस् । यसबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले हात धुनुपर्छ । यसरी तपाईंको हातबाट हुनसक्ने भाइरसहरूको संक्रमणबाट बच्न सकिन्छ  ।

अध्ययनहरुले देखाएअनुसार कोभिड १९ संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुखबाट निस्कने छिटाहरुबाट एक व्यक्तिबाट अर्कोमा सर्छ । यसरी निस्कने छिटाहरु वस्तुमा, सतहमा र व्यक्तिको वरिपरि हुन्छन् । यी वस्तुहरू वा सतहहरू छोएपछि आँखा, नाक वा मुख छोए भाइरसले संक्रमण गर्न सक्छ । संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुखबाट निस्कने छिटाहरु सास लिँदा पनि सर्न सक्छ । त्यसैले संक्रमित व्यक्तिबाट कम्तीमा एक मिटरको दूरी कायम गर्न महत्वपूर्ण हुन्छ ।

अध्ययनहरुले देखाएअनुसार कोभिड १९ माथि भएका प्रारम्भिक अध्ययनलगायत कोरोनाभाइरस केही घण्टादेखि कयौं दिनसम्म बाँच्न सक्छ (जस्तैः सतहको प्रकार, तापक्रम वा वातावरणीय आद्रता) । तर, सूर्यको प्रकाशमा नयाँ कोरोनाभाइरस मर्छन् भन्ने कुनै प्रमाण छैन ।

मेडिकल मास्क लगाउनाले खोक्दा वा हाच्छ्युँबाट सर्ने कोभिड १९ को संक्रमणलाई सीमित गर्न मद्दत पुग्छ । स्वस्थ व्यक्तिहरुको हकमा, कोभिड १९ संक्रमणको आशंका भएका व्यक्तिको हेरचाह गरिरहेको अवस्थामा मात्र मास्क लगाउनुहोस् । तर, मास्क मात्रले संक्रमण रोकिने सुनिश्चित हुँदैन । यसका साथै हात धुने र श्वासप्रश्वाससम्बन्धी स्वास्थ्यको ख्याल राख्ने तथा आफू र श्वासप्रश्वाससम्बन्धी लक्षण देखिएका व्यक्तिहरुसँग नजिकको सम्पर्कमा नरहने । कम्तीमा एक मिटरको दूरी कायम राख्ने । मास्क ओसिलो हुनेबित्तिकै नयाँ फेर्नुपर्छ र प्रयोग गरिसकेकोलाई उपयुक्त ढंगले फोहोर फाल्ने बन्द भाँडोमा बिसर्जन गर्नेर एकपल्ट मात्र प्रयोग गर्न बनेको मास्क पुनः प्रयोग नगर्ने ।

 

अफवाहहरु

० उच्च ज्वरो आएका बेला सिरकले आफूलाई ढाकेर र अदुवाको सुप सेवन गरेर कोभिड १९ बाट जोगिन सकिन्छ ।

० अधिक पानी पिउँदा नयाँ कोरोनाभाइरसहरु शरीरबाट निष्कासन हुन्छन् वा पेटको अम्लीय रसले भाइरस मार्छ  ।

० नखोकीकन, असहज महसुस नगरीकन वा थिचेजस्तो महसुस नभईकन १० मिनेटभन्दा बढी स्वास रोक्न सक्ने क्षमता देखिए कसैमा संक्रमण छ वा छैन भन्ने निर्धारण गर्न सकिन्छ ।

० सरकार आतंक घटाउन कोरोना केसको संख्या लुकाइरहेको छ ।

० कोरोनाभाइरस कुखुरामा पाइन्छ ।

 

उच्च ज्वरो आएका बेला सिरकले आफूलाई ढाकेर र अदुवाको सुप सेवन गरेर कोभिड १९ बाट जोगिन सकिन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण छैन । यद्यपि, आमरुपमा विश्व स्वास्थ्य संगठनले आवश्यक मात्रामा फलफूल तथा तरकारी सेवनलाई स्वस्थ भोजनको रुपमा सिफारिस गर्छ । अधिक पानी पिउँदा नयाँ कोरोनाभाइरसहरु शरीरबाट निष्कासन हुन्छन् वा पेटको अम्लीय रसले भाइरस मार्छ भन्ने कुनै प्रमाण छैन । यद्यपि, आम रुपमा स्वास्थ्यका लागि र शरीरमा पानीको मात्रा कम हुनबाट जोगिन दिनहुँ उचित मात्रामा पानी पिउन सल्लाह दिने गरिन्छ ।

नखोकीकन, असहज महसुस नगरीकन वा थिचेजस्तो महसुस नभईकन १० मिनेटभन्दा बढी स्वास रोक्न सक्ने क्षमता देखिए कसैमा संक्रमण छ वा छैन भन्ने निर्धारण गर्न सकिने कुनै प्रमाण छैन ।

त्यस्तो हैन । सरकारले उपलब्ध अध्यावधिक सूचनासहितको नियमित परिस्थिति विवरण सार्वजनिक गरिरहेको छ ।

कोरोनाभाइरसहरु जनावरहरुमा आमरुपमा पाइने भाइरसको ठूलो परिवारअन्तर्गत पर्छन् । कहिलेकाहीँ मानिसहरु तिनीहरुबाट संक्रमित हुन्छन्, जुन अरु मानिसहरुमा सर्न सक्छ । उदाहरणका लागि सार्स कोरोनाभाइरस लोखर्केमा पाइएको थियो र मर्स कोरोनाभाइरस उँटबाट सरेको हो । कोभिड १९ को स्रोत कुन जनावर हो भन्ने अझै पुष्टि भइसकेको छैन ।  यद्यपि, पशुबजार जस्ता ठाउँमा जाँदा आफूलाई सुरक्षित राख्नका लागि पशुहरुसँग प्रत्यक्ष सम्पर्क तथा पशुहरुको सम्पर्कमा भएका सतहहरुबाट अलग बस्नुपर्छ । हरेक बखत खानेकुराहरुको सुरक्षा विधिमा ध्यान दिनुहोस् ।

काँचो वा नपाकेका पशुजन्य खाद्य पदार्थ नखाने । खाद्यपदार्थसम्बन्धी असल व्यवहार मुताविक एक पदार्थबाट अर्कोमा संक्रमण हुन नदिन काँचो मासु, दूध वा पशु अंग आदि सतर्कतापूर्वक व्यवस्थापन गर्नुपर्छ ।

स्रोत : यूएन नेपाल टिम/विश्व स्वास्थ्य संगठन

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु