गृहपृष्ठ नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति फेला

नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति फेला

नेपालमा अर्को एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । चैत ४ गते कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ मा आएका एक महिलामा कोरोना देखिएको हो । यससँगै सो फ्लाइटबाट नेपाल भित्रिने तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार प्रेस मिटका क्रममा उनमा कोरोना पोजेटिभ भएको जानकारी गराए । उनका अनुसार बिहीबार कोरोना संक्रमण भएकी महिला हुन् ।

उनी दोहा हुँदै काठमाडौँ आएकी थिइन् । कतारको दोहाबाट यो विमानमा १५८ यात्रु नेपाल आएका थिए। प्रहरीले सो विमानमा रहेका १४० यात्रु फेला पारिसकेको छ भने १८ जनासँग अझै सम्पर्क गर्न सकेको छैन ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि नेपालमा पाँच जना कोरोना संक्रमित फेला परेकोमा १ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार भइरहेको छ ।

बिहीबार ४ः४५ सम्ममा विश्वभर कोरोना संक्रमितको संख्या ९ लाख ५० हजार ६५२ पुगिसकेको छ । यसमध्ये ४८ हजार २९० जनाको मृत्यु भइसकेको छ । त्यस्तै ३६ हजार १५४ गम्भीर बिरामी छन् । अमेरिकामा  मात्रै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ३५७ पुगेको छ ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु